सुदूरपश्चिममा बुढी पोल्ने पर्व आज मनाइँदै

सुदूरपश्चिममा बुढी पोल्ने पर्व आज मनाइँदै

  • सोमवार, अशोज १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

डडेल्धुरा, असोज १ ।
असोज संक्रान्तिका दिन सुुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ ।

पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन छ । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिन्छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन ।

दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्दछ । गाई गोठालाले बाँझो जग्गा र दोबाटोमा सल्ला, बाँज, खर्सु लगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन पनि छ ।

यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई यस दिन बिहानै देखि गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ ।

यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीलगायत पहाडी जिल्लाहरुबाट बसाईँ सरी कैलाली–कञ्चनपुर गएका समुदायसँगै भारतको उत्तराञ्चलका कुमाउ–गढवालमा समेत मनाउने चलन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ