काठमाडौं, असोज १ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३(१ ले हरायो ।
लिगमा लगातार चार खेलमा पराजित हुँदै दबाबमा आएको वेष्ट ह्यामले पाँचौं खेलमा आएर लय समातेको हो ।गएरातीको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन युक्रेनका खेलाडी यार्मोलेङ्कोले दुई गोल गर्दा मार्को अर्नाउटोभिचले एक गोल थपे ।
पराजित टोली एभर्टनका लागि जिल्फी सिगुर्डसनले एक गोल फर्काए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले बर्न्लेलाई १–० ले हराएको छ ।
खेलका वुल्भरह्याप्टनलाई विजयी गराउन राउल जिमिनेजले निर्णायक गोल गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline