३१ भदौ, पोखरा ।
पोखरामा अबैध कार्यालय खोली धन्दा चलाइरहेको लक्की म्यानपावर कम्पनीमा योङ्ग रेड फोर्सले तालाबन्दी गरेको छ ।
उक्त कम्पनीमाथि फोर्सले पाँच बुँदे आरोप लगाएको छ । साथै म्यानपावर कम्पनीका मालिक रसबहादुर गुरुङलाई कालो मोसो दलेर कारवाही गरिएको छ ।
बिना इजाजत म्यानपावर कम्पनी चलाएको, युवाहरुले विदेश पुर्याएर अलपत्र पारिएको, सेक्युरिटीको नाममा गलत धन्दा चलाएको र विदेशबाट फिर्ता आएका युवाहरुलाई पैसा फिर्ता नदिई डर धम्की दिएको आरोप लगाइएको छ ।
तालाबन्दी र कालोमोसो दलेपछि फोर्सले घटनास्थलमा आरोप पत्र छरेर नाराबाजी गरेको थियो । आजैबाट उक्त म्यानपावर कम्पनी खारेज गरेको घोषणा समेत गरेको जनाइएको छ ।
योङ्ग रेड फोर्स नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline