उदयपुर बन्दबाट जनजीवन प्रभावित, ठाउँठाउँमा बम विष्फोट

उदयपुर बन्दबाट जनजीवन प्रभावित, ठाउँठाउँमा बम विष्फोट

  • आइतवार, भदौ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

३१ भदौ, उदयपुर ।

नेपाल कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला समितिले गरेको आजको जिल्ला बन्दको प्रभाव जिल्लाभर परेको नेकपाले जनाएको छ ।
बन्दप्रति सर्वसाधारण, व्यवासायी, मजदुर, विद्यार्थी, कर्मचारी सबैले साथ दिइरहेको समेत उनको दाबी छ । जिल्लाको जनजीवन प्रभावत बनेको जनाइएको छ ।

आजै नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बम विष्फोटको अभियोगमा जिल्ला अदालतमा म्याद थपको लागि लैगिँदैछ । सर्वोच्च अदालत पसिरसर काठमाडौंबाट शुक्रबार रिगफ्तार उनलाई हिजो शनिबार मात्र उदयपुर पुर्याइएको हो । प्रकाण्डलगायत नेताहरुमाथि देशभर दमन र झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरेको भन्दै जिल्ला बन्दको घोषणा गरेको हो ।
आजको बन्दका क्रममा कटारीबजार लगायत चार स्थानमा बम विष्फोट भएको जनाइएको छ ।

‘कटारी लगायत केही स्थानमा सुतली र नक्कली बम भेटिएको छ’ एसपी चन्द्रदेव राईले भने ‘अहिले त्यसक्षेत्र सामान्य अवस्थामा आइसकेको छ । जिल्लाभरकै अवस्था सामान्य छ, बन्दको प्रभाव खासै देखिएको छैन ।’

नेकपा उदयपुरले भने सरकारको ज्यादाति र दमनविरुद्ध जिल्लाका आधा दर्जन ठाउँमा शक्तिशाली बम विष्फोट भएको जनाएको छ । साथै उसले गिरफ्तार नेतालाई तुरुन्त रिहा गर्न र दमन, हस्तक्षेप रोकेर झुठा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ ।

उता नेकपा उदयपुरले बन्द सशक्त रहेको र फासीवादी सरकार र गृहप्रशासनको विरोधमा जिल्लाबासी साथ दिएको जनाएको छ । शिक्षण संस्था, यातायात, उद्योग, कलकारखाना, बजार बन्द गरेर फासीवादी सरकारको विरोधमा आयोजित आन्दोलनका कार्यक्रमलाई जनताले साथ दिइरहेको नेकपा उदयपुरका सेक्रेटरी प्रशान्तले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ