विश्व सरसफाइ दिवस आजः सडकमा जताततै फोहरको थुप्रो, ३१ मेट्रिकटन फोहर व्यवस्थापन

विश्व सरसफाइ दिवस आजः सडकमा जताततै फोहरको थुप्रो, ३१ मेट्रिकटन फोहर व्यवस्थापन

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमाडौँ, ३० भदौ ।
विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरि चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

सफाइमा समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, महानगरपालिका–३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो ।

आज विश्व सरसफाइ दिवस परेकाले काठमाडौं महानगरपालिकाको आह्वानमा सबै स्थानीय तहका वडामा सफाइ गरिएको हो । सफाइ गरिए पनि सडकमा जताततै फोहर थुपारिएको देखिन्छ ।

वागमतीको मुहान सुन्दरीजलदेखि नै सफाइ अभियान चलाएको वागमती सुन्दरता सरोकार मञ्चले २४० औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको थियो ।

नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने पाँच मेट्रिक टन फोहर त्यहीँ गाडिएको थियो भने नकुहिने एक मेट्रिकटन फोहर बाहिर व्यवस्थापनका लागि नगरपालिकाको सवारी साधनले लगेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको २३४ औँ हप्तामा वडा नं ९ र ३० दुई समूहमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । भने विष्णुमती सफाइको २०६ औँ हप्तामा आज टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सफाइ गरिएको छ ।

वागमतीको सुन्दरीघाट खण्ड सफाइको ८९ औँ हप्तामा आज त्यस क्षेत्र र मनोहरा सफाइको ७९ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

उता, चक्रपथ सफाइको ७५ औँ हप्तामा गोङ्गबु–सामाखुशी–वसुन्धरासम्म सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताउनुभयो ।

विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो ।

स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था वा विभिन्न समूहले यो दिवसलाई अभियानका रुपमा मनाउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी