इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावले बन्द हुने अवस्थामा

इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावले बन्द हुने अवस्थामा

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 38.2K
    SHARES

काठमाडौँ। 

प्रत्येक बर्ष भद्रशुक्ल द्वादशी बाट काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावका कारण बन्द हुने अवस्थामा रहेको छ ।

काठमाडौँको दरवार सम्पदा क्षेत्रमा रहेको गद्दिबैठक अगाडी रहेको त्रैलोक्य नरायण देवलमा महाभारत ,रामायण तथा बिष्णु पुराणका मुख्य घटनाहरु स्थिरमुद्रमा देखाइने ’’दशवतार ’’ १५ सय बर्ष अघि मल्लकालिन समयबाट नै चलिआएको जानकारहरु बताउछन ।

१४ बर्ष देखि दश अवतारा प्रवंद समाल्दै आएका राजन शाहीका अनुशार महाभूकम्प बात पूर्ण भत्केको देगल र संगै दशवतारमा प्रयोग गरिने सरसामान धेरै हराएको ,नासिएको कारण जेनतेन गरि चल्दै आएको हो ।

आर्थिक अभाव र सम्बन्धित निकायको बेवास्ता को बाबजुत अघिल्लो बर्ष सापटि र सहयोग मागेर भएपनि निरन्तरता दिएको तर अब यसरी निरन्तरता दिन नसक्ने अवस्थामा पुगिएको सरोकारवाला बताउछन् ।

दैनिक आठ ,दश अवतर देखाउन पर्व अवधि भरि पचास भन्दा धेरै कलाकारहरुको सम्पूर्ण व्यबस्थापन गर्नुपर्ने भएकाले पनि एकदम नाजुक अवस्था श्रृजना भएको दशवतार प्रदशन तथा प्रवन्ध समाजका अध्यक्ष दिपक श्रेष्ठ बताउछन् ।


कसैले चासो नदेखाउँदा पर्ब मनाउन गठित इन्द्र जात्रा बवस्थापन समितिलाई आफुहरुले पटक पटक यस सम्बन्धि बिषयमा ध्यान आकर्षण गराउदा समेत बेवास्ता भएको दशवतार गुठिका अन्य सदस्यहरुको भनाइ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी