सर्लाहीको लक्ष्मीपुरकोद्राहमा बसले किचेर एकको मृत्यु, बसमा चढ्न खोज्दा यसरी भयो दुर्घटना

सर्लाहीको लक्ष्मीपुरकोद्राहमा बसले किचेर एकको मृत्यु, बसमा चढ्न खोज्दा यसरी भयो दुर्घटना

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सर्लाही, ३० भदौ । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सर्लाहीको लक्ष्मीपुरकोद्राह चौकमा आज बिहान बसले किचेर एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवाबाट वीरगञ्जका लागि छुटेको ना २ ख ४५०८ नं. को दाइभाई बसले किच्दा हरिपुर नगरपालिका– ५ लक्ष्मीपुरका ३० वर्षीय आवास मन्सुरको मृत्यु भएको हो ।

आज बिहान साँढे ६ बजेतिर बसमा चढ्न खोज्दा सह–चालकले बस्ने ठाउँ नरहेको भन्दै धकेल्दा मन्सुरलाई बसको पछाडिपट्टको चक्काले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लान घटनास्थलमा मुचुल्का उठाउने काम भैरहेको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय हरिपुरमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ