इङ्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै

इङ्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै

  • शनिबार, भदौ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, ३० भदौ ।
इङ्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने पहिलो खेलमा टोटनह्यामले लिभरपुलको सामना गर्दै छ ।

त्यसैगरी पौने ८ बजे पाँच खेल हुँदै छन् । बर्नमाउथ र लेस्टर सिटी, चेल्सी र कार्डिफ सिटी, हड्र्स्फिल्ड टाउन र क्रिस्टल प्यालेस, म्यानचेस्टर सिटी र फूलह्याम तथा न्यूकासल युनाइटेड र आर्सनल पनि भिड्दै छन् ।

त्यसैगरी आजै राति सवा १० बजे वार्टफोर्ड र म्यानचेस्टर युनाइटेडसमेत भिड्दै छन् ।

इङ्लिस प्रिमियर लिगमा चार चरणका खेल सकिँदासम्म लिभरपुल १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी चेल्सी र वार्टफोर्ड पनि समान १२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । साविक विजेता म्यानचेस्टर सिटी भने १० अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ