फेरि एक व्यापारीको घरभित्रै हत्या

फेरि एक व्यापारीको घरभित्रै हत्या

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

२९ भदौ, कैलाली ।

जिल्लाको जोशीपुर बजारमा गएराति व्यापारीको हत्या भएको छ ।

जोशीपुरको टीकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका रामप्रसाद ओझाको पसल भएकै घरभित्र हत्या भएको हो ।
मृतकको घाँटीमा निलो डाम देखिएको प्रहरीले जनाएको छ ।

उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । अनुसन्धान जारी रहेको उनले बताए ।

१० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको समेत काम गर्ने गरेको निकटवर्तीको भनाई छ । स्थानीयका अनुसार ओझा बिहीबार राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए । उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ