प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकियो, आदेश आउन बाँकी

प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकियो, आदेश आउन बाँकी

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

२९ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

बहस शुक्रबार न्यायाधीश अनिलकुमार सिन्ह र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा भएको थियो । ४ नम्बर इजलासमा भएको बहसमा प्रकाण्डको पक्षबाट वरिष्ठ अधिवक्ताहरुसहित दुई दर्जन बढीले बहस गरेका छन् ।

गैरकानूनी तरिकाले गिरफ्तार गरी हिरासतमा थुनामा राखेको भन्दै रिहाईको माग गर्दै विरेन्द्र विश्वकर्माले रिट दर्ता गरेका थिए । बन्दी प्रत्यक्षीकरण रिट दर्ता यो चौथो पटक हो । सर्वोच्च र जिल्ला अदालतले रिहा गर्न आदेश दिएपनि सरकारले अर्को अभियोग लगाएर पाँच पटक अदालतपरिसरबाटै गिरफ्तार गरिसकेको छ ।

आजको बहसको सुनुवाई आदेश आउन बाँकी रहेको रिट निवेदक विरेन्द्र विश्वकर्माले जानकारी दिए । प्रकाण्ड सर्वोच्च परिसरमै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ