काठमाडौं, भदौ २९ ।
भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत आज नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्दैै छ ।
भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल भारतको लखनउस्थित एकाना अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो ।
आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।
प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline