नेकपा नेतृ भुजेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकियो

नेकपा नेतृ भुजेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकियो

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

२९ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’को हकमा पदमबहादुर भुजेलले दर्ता गरेका बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

बहस न्यायाधीश चोलेन्द्र शमसेर जबरा र डम्बरबहादुर श्रेष्ठको संयुक्त इजलास नम्बर २ मा भएको थियो । जिल्लाको एक क्रसर उद्योगमा आगो लगाएर ‘संगठित अपराध’ गरेको अभियोगमा काभ्रे प्रहरीको आग्रहमा काठमाडौंको वनस्थली खरिबोटबाट काठमाडौं प्रहरीले यही भदौ १२ गते गिरफ्तार गरिएका नेतृ भुजेललाई सर्वोच्चले उनीमाथिको अभियोग प्रमाणित हसन नसकेको ठहर गर्दै यसै हप्ता रिहा गर्न आदेश दिएको थियो ।

तर रिहालगत्तै नुवाकोट प्रहरीको आग्रहमा सर्वोच्च परिसरबाटै काठमाडौं प्रहरीले गिरफ्तार गरी नुवाकोट सदरमुकाम पुर्याएर आगजनीको अर्को अभियोग लगाएर हिरासतमा राख्दै आएको छ । आजको बहस सकेपछि सुनसवाई हुन बाँकी छ ।

हाल भुजेलसहित नेकपाका पाँच जना पोलिटब्यूरो सदस्य विभिन्न अभियोगमा विभिन्न जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ