नेकपाद्वारा पाँच कार्यकर्तामाथि निष्कासन कारवाही, यस्तो छ कारण (विज्ञप्ति)

नेकपाद्वारा पाँच कार्यकर्तामाथि निष्कासन कारवाही, यस्तो छ कारण (विज्ञप्ति)

  • शुक्रबार, भदौ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 34.8K
    SHARES

२९ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको सूचना चुहाएको र पार्टी, संगठनको हितविपरीत हर्कत गरेको भन्दै पाँच जना कार्यकर्तामाथि निस्कासन कारवाही गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाहीबारे जानकारी दिएका छन् । प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई कारवाही गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व सचिवसमेत रहेका चलाउने नेकपाको मध्यकमाण्ड अन्तर्गत ब्यूरो सदस्य एवं पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपालका विर्तमान अध्यक्ष हुन् भने जैसी, बुढा, भुसाल र बर्देवा यसै कमाण्ड अन्तर्गतको जिल्ला समिति सदस्य एवं क्रान्तिकारी पत्रकार संगठनको बहालवाल केन्द्रीस्य सदस्य हुन् । पाँचै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको ईन्चार्ज सुदर्शनले बिहीबार विज्ञाप्ति जारी गरेर जानकारी दिएका छन् ।

निस्कासित सबै जनामाथि पार्टी र पत्रकार संगठनसम्बन्धी पार्टीले लिएको निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको जनाइएको छ ।

संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माणको हौवा तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै जिम्मेवार साथीहरुमाथि नै सार्वजनिक स्थलमा हातपात गर्नुका साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेको परिस्थितिबिच कारवाहीको विज्ञप्ति आएको हो ।

कारवाही गर्नुको अर्को गम्भीर कारण पनि उल्लेख गरिएको छ । पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेको जनाइएको छ । साथै आइन्दा पार्टीले कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न समेत जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारीसहित अपिल गरिएको छ ।

स्मरणीय कुरा के छ भने, यसअघि पार्टीले क्रान्तिकारी पत्रकार संगठन, नेपालको नेतृत्वसहित सम्पूर्ण पदाधिकारी पदपूर्ति गरेकोप्रति आपत्ति जनाउँदै पार्टी र संगठन नेतृत्वविरुद्ध अनर्गल प्रचार र वक्तव्यबाजी गर्दै भ्रामक समाचार फैलाइएकोप्रति पार्टीको कार्यालय सचिव धुव्रले भदौ ११ गते ‘भ्रममा नपर्न आग्रह’ शिर्षकमा एक प्रेस विज्ञप्ति जारी गरेर खण्डन गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ