नेकपाका नेता कार्की र धमलाको थुनामुक्त माग गर्दै सर्वोच्चमा फेरि बन्दी प्रत्यक्षीकरण रिट दायर

नेकपाका नेता कार्की र धमलाको थुनामुक्त माग गर्दै सर्वोच्चमा फेरि बन्दी प्रत्यक्षीकरण रिट दायर

  • बिहिबार, भदौ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

२८ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई गैरकानूनी तरिकाबाट सरकारले हिरासतमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

रिट धमलापुत्र चेतन शर्माले दायर गरेका हुन् । रिट दायर यो तेस्रोपटक हो । यसअघिको रिटहरुमा बहसपछि सुनुवाई गर्दै सर्वोच्चले दुवै नेतालाई थुनामा राख्नुको अभियोग प्रमाणित नभएको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । तर सरकारले अर्को अभियोगमा सर्वोच्च परिसरबाट गिरफ्तार विभिन्न जिल्ला पुर्याउँदै आएको छ ।

पछिल्लोपटक गिरफ्तारीपछि दाङ पुर्याइएको छ । त्यहाँ उनीहरुमाथि ‘बम विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाइएको छ । हाल नेताद्वय दाङको सदरमुकामस्थित प्रहरी हिरासतमा राखिएको छ ।

दुवै जनालाई गएको साउन १० गते पार्टी कामको सिलसिलामा सार्वजनिक यातायात चढेर काठमाडौं आउँदै गर्दा काठमाडौंको नागढुंगाबाट सीआईबीको टोलीले रिगफ्तार गरी काभ्रे पुर्याएर अनुसन्धानका लागि भन्दै हिरासतमा राख्दै आएको थियो ।

त्यहाँ उनीहरुमाथि एक क्रसर उद्योगमा आगो लगाएर ‘संगठितअपराध’ गरेको गम्भीर अभियोग लगाइएको थियो । पछि सर्वोच्चले अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै भदौ १८ गते रिहाईको आदेश दिएको थियो ।

कार्की र धमलासहित पाँच जना पोलिटब्यूरो सदस्य अहिले प्रहरी हिरासतमा छन् । पदमबहादुर राई ‘विकास’ संखुवासभा, ओमप्रकाश पुन बाँके र उमा भुजेललाई नुवाकोटमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ