२८ भदौ, काठमाडौं ।
नेपाल कम्युस्टि पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालत ल्याइएको छ । उनलाई आज बिहान दाङबाट आन्तरिक उडानबाट काठमाडौंमा अवतरणपछि सर्वोच्च ल्याइपुरयाइएको हो ।
गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको जनाउँदै भाई विरेन्द्र विश्वकर्माले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सुनुवाई गर्दै यही २५ गते ४८ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन विपक्षीहरु नेपाल सरकार, गृहमन्त्रालय, दाङ प्रहरीलगायतको नाममा आदेश दिएको थियो ।
प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण सुनुवाईमा यो चौथोपटक उपस्थिति गराइएको हो । उनलाई गत साउन २२ गते पार्टी काम सकेर हैटौडाबाट काठमाडौं आउँदै गर्दा काठमाडौंको टौदह नजिक चाल्नाखेलबाट गिरफ्तार गरेको थियो ।
सर्वोच्च अदालतको आदेशमा रिहा हुँदै आएका उनलाई आदलतपरिसरबाटै चार पटक गिरफ्तार गरिसकिएको छ ।