निद्रा नलाग्ने कारण र समाधानका उपायहरू

निद्रा नलाग्ने कारण र समाधानका उपायहरू

  • बिहिबार, भदौ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

-अनिद्राका कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हुँदै गएमा मधुमेहको जोखिम बढाउँछ ।

-अनिद्राका कारण उच्च रक्तचापको समस्या देखिने गर्छ, जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

-पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्राका कारणले मानसिक तनाव भई पाचन प्रक्रिया ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्दछ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।

-अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छ ।

-अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छ ।

-निद्रालाई असर गर्ने एउटा महत्वपूर्ण पक्ष मौसम पनि हो । गर्मी मौसममा बढी निद्रा लाग्ने र जाडो मौसममा कम निद्रा लाग्ने गर्दछ । यसको कारण सेरोटोनिन हर्मोन हो । जुन उत्पादन गर्न सूर्यको किरण आवश्यक हुन्छ ।

-अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक र मानसिक समस्या र यसले निम्त्याउने तत्कालीन र दीर्घकालीन रोगहरूबाट मुक्ति प्राप्त गर्नका लागि दिनचर्यामा परिवर्तन ल्याउनु अति आवश्यक छ, जस्तै– माछा, मासु आदि नखानु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी