–जवाहरलाल खरेल
प्रसाई मात्र भन्दा कहा हुन्छ र ?
सबै जना रमेश जस्तै कहाँ हुन्छ र ?
प्रसाई पनि रमेश हो, खरेल पनि रमेश,
यस्तै यस्ता रमेश भए कस्तो होला देश ।।
धुर्मुस र सुन्तलीको नामै लिन बाँकी,
यिनीहरुको नामै लिदा ठूलो हुन्छ छाती ।।
क्या हो क्या हो लान लाग्यो दुष्ट काले
कता कता सपुतहरु पैदा हुन थाले ।।
घोर चक्र आफ्नो भोगी मैला सबको फाली ।
यूग फेरी दोहोरिन्छ, बज्छन् अब ताली ।।
पहिल्यैदेखि भन्ने गर्थे हाम्रा सोझा बाले ।
हो कि क्या हो छनक दियो, भन्थे पुर्वकाले ।।
एउटै कुलमान उदाउँदा नी, भयो झलमल ।
घुसखोरीका सपनाहरु खरानी झै भयो ।।
अर्का फेरी उदाउँदै छन्, आकासमा रवी ।
नदेखेको छैन केही, रैछन यिनी कवी ।।
चेली खाने, देश खाने पस्न थाले थान्मा ।
अब सबै दुष्टहरु एक–एक पर्छन घानमा ।।
पल्टन तिर पस्यो भने, कति होलान छोरा ।
देशको माया गर्नुपर्छ, नबन्नु है कोरा ।।
कोही यता लागेका छन् ,ग्रेटर नेपाल भनी ।
सिके राउत भाग हान्दैछन्, हाड मासु छानी ।।
कोही कोहिले त नावालक र वयोवृद्ध छानी ।
रातदिन जुटेका छन्, सेवा गर्न भनी ।।
दान गर्छन कोही –कोहीले कत्रो छाती भाको ।
अशक्त र रोगीहरुलाई दानको वाढि आको ।।
यस्तै सब चटक सरी हेरिराछु आलो ।
दुष्ट आत्मा मास्नलाई आउँछ अब पालो ।।
अनि सबै आकास, धर्ती अज्यालो नै पारी ।
रवीहरुले प्रकास दिन्छन्, कालो मैला फाली ।।
सोझा सिधा हाँस्न थाल्छन्, झलमल पाई ।
पिडितहरु नाच्न थाल्छन्, आगनमा आई ।।
मलाई अचेल चिन्ता लाग्छ, यि सब हेर्नलाई ।
चट्ट टिपि लग्देलाकी एमदुत आई ।।
हेर्न मन छ मलाई यहाँ, मान्छे हाँसेको ।
हेर्न मन छ देशवासीले माला गाँसेको ।।
हरीया रुख, चौडा बाटो व्यवस्थित घर ।
हेर्न नपाई मर्छुकी भन्ने लाग्छ, डर ।।
जडिबुटी पहाडमा, मधेसमा खेती ।
कलकारखाना घर–घरमा निकासी भै वेसी ।।
धनको कुलो देश तिर फर्किएको दिन ।
ढुक्कै हाँसी जान्थेँ, आफ्नो परमधाम ।।