क्रान्तिकारी पत्रकार संगठनद्वारा पत्रकार बस्नेतको अविलम्ब रिहाईको माग

क्रान्तिकारी पत्रकार संगठनद्वारा पत्रकार बस्नेतको अविलम्ब रिहाईको माग

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.4K
    SHARES

२७ भदौ, ललितपुर ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको ललितपुर जिल्ला शाखाले प्रहरी हिरासतमा थुनामा राखिएका पत्रकार राजु बस्नेतको अविलम्ब रिहा गर्न माग गरेको छ ।

बस्नेतलाई प्रकाशित समाचारकै आधारमा गिरफ्तार गरी हिरासतमा राखेको जनाउँदै गिरफ्तारीको घोर विरोध गरिएको छ । संगठन ललितपुरका अध्यक्ष विनोद श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारबारे अन्तिम टुंगो लागाउने निकाय प्रेस काउन्सिल हुँदाहुँदै गलत तरिकाले पत्रकार बस्नेतलाई थुनामा राखेको भन्दै अविलम्ब रिहा गरेर स्वतन्त्र प्रेसको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।

पत्रकारलाई हत्कडी लगाउनुले सरकारको रवैया फासीवादी चरित्र भएको अध्यक्ष श्रेष्ठले मिर्मिरे अनलाइनलाई प्रतिक्रिया दिएका छन् ।

प्रकाशित समाचारप्रति फरक मत भएमा काउन्सिलमार्फत समस्या समाधान गर्न कानूनी विधि र प्रक्रिया रहेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै पूर्ण स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र संचार क्षेत्रलाई पञ्चायतभन्दा पछाडि षडयन्त्र भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समाचारको विषय विवादलाई कानूनी प्रावधानअनुरुप प्रेस काउन्सिलमार्फत टुंग्याउन पनि आग्रह गरिएको छ ।

भदौ १ बाट लागू भएको भनिएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को विद्युतीय कारोबार ऐनमा गरिएको केही प्रावधान खारेज गरी पूर्ण स्वतन्त्र प्रेसमैत्री बनाउन माग राखी सिंगो पत्रकार जगत आन्दोलित भइरहेको स्मरण समेत विज्ञप्तिमार्फत गराइएको छ ।

ललितपुरको हरिसिद्धी इट्टा तथा टायल उद्योगको जग्गा खरिदबिक्रीसम्बन्धी विवाद परेको विषयको खोजतलास न्यूज डटकममा साभार समाचार प्रकाशित गरेकै आधारमा परेको जाहेरीमा काठमाडौं जिल्लाबाट पूर्जी जारी गराएर गिरफ्तार गरी हाल बस्नेतलाई आएको छ ।

उनलाई जिल्ला सरकारी जिल्ला वकिलको कार्यालयमा मंगलबारै बयान लिइसकिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

प्रेस विज्ञिप्त

खोजतलास साप्ताहिक तथा khojtalasnews.com का अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेकै आधारमा प्रहरीले भदौ २५ गते घरैबाट गिरफ्तार गरी ललितपुरको जावलाखेलस्थित प्रहरी हिरासतमा राख्दै आएको छ ।
अन्य समाचार माध्यममा प्रकाशित भ्रष्टाचारसम्बन्धी समाचारलाई साभार गरेर पजयवतबबिकलभधक।अयm प्रकाशित गर्नुलाई नै गिरफ्तारीको मुख्य आधारको रुपमा प्रस्तुत गरिएको छ । जुन विषयले क्रान्तिकारी पत्रकार संगठन, नेपाल ललितपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।

यो गिरफ्तारी पूर्ण प्रेस स्वतन्त्रमाथिको ठाडो हस्तक्षेप हो । बन्देज लगाउने प्रयत्न तथा स्वतन्त्र प्रेस र अभिव्यक्तमाथिको दमन हो । प्रकाशित वा प्रसारित समाचारप्रति असहमति भएमा वा चित्त नबुझेमापीडित पक्षले उजुरी दिने र स्वतन्त्रपूर्वक मत राख्ने निकाय प्रेस काउन्सिल, नेपाल जस्तो राज्यको जिम्मेवार निकाय भएको सबैमा विविदै छ । जुन निकायले पीडक र पीडितका बीचमा असमझ्दारी र न्याय वा अन्याय भए नभएको वा के भएको हो ?त्यसको छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्ने गर्दछ । साथै उसले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्दै आइरहेको पनि छ ।

तर त्यसलाई समेत तिलाञ्जली दिँदै पत्रकार बस्नेतलाई अपराधीझैं गिरफ्तार गरी ञ लगाउने काम समेत भएको छ । राज्यबाट स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र हरेक दृष्टिबाट स्वतन्त्रपूर्वक समाचार लेख्ने, प्रकाशन गर्ने र प्रसारण गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित तुल्याएर संचार क्षेत्रलाई पञ्चायतकाल भन्दापनि पछाडि फर्काउने कोशिस भएको छ । यस कार्यको घोरविरोध गर्दछ ।

अहिले भदौ १ बाट लागू गरिएको ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रलाई हस्तक्षेप र गम्भीर बाधा पुर्याउने प्रावधानप्रति गम्भीर असहमति जनाउँदै त्यसको संशोधनको माग गर्दै सिंगो नेपाली संचार क्षेत्र आन्दोलित भइरहेको अवस्था छ । पत्रकारलाई स्वतन्त्रपूर्वक समाचार संकलन तथा प्रकाशन गर्ने र नागरिकले सूचना जान्न पाउने मौलिक अधिकारको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहान्छौं । साथै गिरफ्तार पत्रकार बस्नेतलाई बिनासर्त तत्काल् रिहाई गरी प्रर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न र प्रकाशित समाचारबारे सम्बन्धित निकायमार्फत दुवै पक्षको मत स्वतन्त्र रुपमा प्रस्तुत गर्न पाउने वातावरण बनाउन सबै पक्षसँग जोडदार माग गर्दछौं ।

……………………….
विनोद श्रेष्ठ
अध्यक्ष

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ