काठमाण्डौ, २७ भदौ ।
एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यू—१९ क्रिकेट टोलीले पहिलो खेल आज एनसीए यू–१९ सँग खेल्दैछ ।
भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।
आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार भारतको यू–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।
विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् ।
त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline