साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै, नेपाललाई इतिहास रच्ने अवसर

साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै, नेपाललाई इतिहास रच्ने अवसर

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं,२७ भदौ ।

साफ च्याम्पियनसिप अन्तर्गत् पहिलो सेमिफाइलनमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दैछ ।

अपरान्ह पौने ४ बजे ढाकास्थित बंगबन्धु रंगशालामा यी दुई टोलीबीचको प्रतिस्पर्धा हुनेछ ।

२५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा आज हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

अहिलेसम्म सेमिफाइनलभन्दामाथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसिपमा नयाँ इतिहास कायम गर्न सफल हुनेछ ।

पाँचौंपटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ ।

यसअघि, सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनल सम्म पुगेको थियो । समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । नेपाल भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रँदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन ।

यस्तै आजै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वा्धिक सातपटक तथा माल्दिभ्सले एकपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ