तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २७ भदौ ।
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताउनुभयो ।

बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुने र ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जाने उहाँले बताउनु भयो ।

जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ । ती तहको पार्टी एकताका लागि चार सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले भदौ ५ गतेभित्र एकताका लागि प्रतिवेदन पेश गर्ने भने पनि नाम र नेतृत्वमा सहमति हुन नसक्दा प्रतिवेदन पेश गर्न सकेनन् ।

पुनः सचिवालय बैठकले भदौ ७ गतेसम्म जेजस्तो अवस्थामा त्यही अवस्थामा प्रतिवेदन बुझाउन भनिए पनि कुनै कमिटीले पनि प्रतिवेदन बुझाएका थिएनन् । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरङको मात्र एकता भएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल, भूमिहीन र वकिलको सङ्गठनको एकता गर्न बनेको कार्यदलले मात्र प्रतिवेदन पेश गरेको छ । विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्व टुङ्गिएको छैन ।

युवा सङ्गठनमा नाम र नेतृत्वमा सहमति हुन सकेको छैन । अहिलेसम्म प्रदेश नं १ र २ कमिटीबाहेक सबै प्रदेश कमिटीले प्रतिवेदन पेश गरेका छन् । प्रदेश एकता कमिटीले प्रदेश, जिल्ला र सल्लाहकार कमिटीको नामावली बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ