नेकपा नेतृ भुजेललाई ४८ घण्टाभित्र उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

नेकपा नेतृ भुजेललाई ४८ घण्टाभित्र उपस्थित गराउन सरकारलाई सर्वोच्चको आदेश

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

२६ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई ४८ घण्टाभित्र अदालत उपस्थित गराउन सरकारको नाममा आदेश दिएको छ ।

नेतृ भुजेललाई गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै थुनामुक्तको माग गर्दै पदमबहादुर भुजेलले मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

रिटमाथिको बहसपछि न्यायाधीश प्रकाशमान सिंह राउतको एक इजलासले बन्दी भुजेललाई रिहा नगर्नुपर्ने कारण के छ ? सोको लिखित जवाफसहित बन्दीलाई बाटोको म्यादबाहेक ४८ घण्टाभित्र सर्वोच्च अदालतमा पेश गर्न सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरी कार्यालय लगायत विपक्षीको नाममा उक्त आदेश दिएको हो ।

यही भदौ १२ गते काठमाडौंको बालाजु खरिबोटबाट गिरफ्तार गरिएका नेतृ भुजेललाई काभ्रे पुर्याई त्यहाको नमोबुद्ध नगरपालिकास्थित एक क्रसर उद्योगमा आगो लगाएर संगिठन अपराध गरेको अभियोगमा थुनामा राख्दै आएको थियो । तर आदेशमा भुजेलमाथि लगाइएको अभियोग प्रमाणित हुन नसकेको ठहर गरिएको थियो ।

तर उनलाई राज्यले गैरकानूनी रुपमा बन्दी बनाइराखेको भन्दै प्रतिमा भुजलेले सर्वोच्च अदालतमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि भदौ २२ गते सर्वोच्चले तुरुन्त रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै सर्वोच्च परिसरबाटै भुजेललाई गिरफ्तार गरी आगजनी गरेको छुट्टै अभियोगमा नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा प्रहरी हिरासतमा राख्दै आएको छ ।

उनले आफूमाथि राजीतिक प्रतिशोधका आधारमा सरकारले झुठा अभियोग लगाएको भन्दै अभियोग अस्वीकार गरेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ