नेपालगञ्जमा भएको मिसेज डिभामा सरिता बनिन पहिलो

नेपालगञ्जमा भएको मिसेज डिभामा सरिता बनिन पहिलो

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 52.6K
    SHARES

नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड््स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमै पहिलो पटक आयोजना भएको प्रतियोगीतामा नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनल भने सरिता शर्मा बनेकि छिन्् । सरिताले टाइटल , भ्यूअर्ज च्वाइस विधामा अवार्ड र बेस्ट ड्रेससमेतमा पुरस्कार पनि हात पर्न सफाल भइन् । दोश्रो स्थानमा पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितेकी थिइन्् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट््यालेन्ट हुन पनि सफल भइन्् ।


त्यसैगरी किड््स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड््काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र बेस्ट ड्रेसको पुरस्कार पनि जिते । अभिनव शर्मा दोश्रो स्थानमा परे भने उनले बेस्ट ट््यालेन्ट पनि पाए । तेश्रो स्थानमा पर्न सफल कुशाग्र गुप्ताले बेस्ट सिन्सियर पनि पाए । काठमाडौंमा भएको लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा सुरेन्द्र विजयी भएका प्रतियोगी हुन्् ।
गल्र्सतर्फ संचिता राना मगरले उपाधी हात पारिन्् । संचिताले उपाधीको साथमा बेस्ट वाल्क पाए । प्रति उषा घिमिरे दोश्रो भइन्् भने उनले भ्यूअर्ज च्वाइस पनि पाए । बेस्ट लीडरसीप समेत पाएकि सोनिया साउद तेश्रो स्थानमा परिन्् ।
डिभातर्फ अडिसनबाट छानिएका पाँच जना महिलाहरुको सहभागीता थियो भने किड््सतर्फ ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै बालबालिकाहरुभित्र लुकेर बसेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने उद्देश्य पनि आफ्नो रहेको आयोजकको भनाई छ । नेपालगञ्जमा यस किसिमको प्रतियोगीता आयोजना पहिलो पटक भएको आयोजकको दावी रहेको छ ।
किड््स र मिसेज डिभा दुवै समूहलाई कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी