पोर्चुगलद्वारा ईटाली पराजित, स्वीडेनमाथि टर्कीको संघर्षपूर्ण जित

पोर्चुगलद्वारा ईटाली पराजित, स्वीडेनमाथि टर्कीको संघर्षपूर्ण जित

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौं ।
युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे ।

जितसँगै पोर्चुगलले तिन राष्ट्र रहेको समूह सि मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको ईटाली पुछारमा रहेको छ । पहिलो खेलमा ईटालीले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

युएफ नेसन्स लिग फुटबलकै अन्य खेलमा टर्कीले स्वीडेनलाई ३–२ ले हराउँदा स्कटल्याण्डले अल्बानियामाथि २–० को जित निकालेको छ ।

यसैगरी मोन्टेनेग्रोले लिथुआनिया तथा कोसोभोले फारो आईल्याण्डलाई २–० ले हराएका छन् । सर्वियाले भने रोमानियासँग २–२ गोलको बराबरी खेलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ