चार किलोमा ठुलो पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चार किलोमा ठुलो पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

  • मङ्लबार, भदौ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, भाद्र २६ ।
नारायणगढ मुग्लिन सडकको चार किलोमा ठुलो पहिरो गएका कारण नाायणगढ मुग्लिन सडक खण्ड रातिदेखि नै अवरुद्ध छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार आज दिनभर सडक खुल्ने सम्भावना न्यून रहेको छ । उक्त क्षेत्रमा रातिदेखि नै ठुलो पानी परी रहेको छ ।

चार किलोमा ठुलो पहिरो खस्नुका साथै जलबिरे क्षेत्रमा साना पहिरोहरु खसेका कारण त्यस क्षेत्रमा राति १ बजेयता सवारी सञ्चालनमा आउन सकेका छैनन् । अन्य क्षेत्रमा खसको पहिरो सामान्य भए पनि चारकिलोको पहिरो सफा गरेरे सवारी सुचारु गर्न आज अपरान्ह तीन ब्जे सम्म लाग्ने अनुमान छ ।

खनालका अनुसार ठुलो पानी परेका कारण पहिरो हटाउने काम सुरु गर्न सकिएको छैन । पानी रोकिना साथ फिस्लिङबाट मगाएको उपकरण र यता हामीसँग भएको उपकरणले सफा गरेर दिउँसो तीन बजेसम्म बाटो खुलाउने तयारी भएको उहाँले बताउनु भयो ।

पहिरोले निकै दुख दिने यो सडकमा साउन २१ गतेयता आज मात्रै ठुलो पहिरो गएको हो । दैनिक १० हजार गाडी आवातजावत गर्ने सो बाटोमा आज तीजको दर खान माइत हिँडेका महिलाहरुलाई पनि समस्या परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ