प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चद्वारा सरकारलाई अर्को आदेश

प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चद्वारा सरकारलाई अर्को आदेश

  • सोमवार, भदौ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

२५ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ४८ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

गैरकानूनी रुपमा गिरप्mतार गरी सरकारले प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहाईको माग गर्दै प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

सोमबार इजलास नम्बर १० मा भएको बहसपछि न्यायाधिस डा. आनन्दमोहन भट्टराईको एकल इजलाले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र सर्वोच्च अदालतमा पेश गराउन सो आदेश दिएको हो ।

जिल्ला अदालत भोजपुरको आदेश भदौ २० गते रिहा लगत्तै नेता प्रकाण्डलाई अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई हाल दाङ प्रहरीले जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी हिरासतमा राख्दै आएको छ ।

सोही क्रममा प्रकाण्डले सरकारले झुठा र कपोलकल्पित अभियोग लगाएर फसाउन खोजेको पत्ररकारहरुसँगको भेटमा बताएका छन् । उनीमाथि बम विष्फोट र कर्तव्य ज्यानको अभियोग लगाइएको छ । बन्दी प्रत्यक्षीकरण रिट यो चौथो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ