काठमाडौं, २४ भदौ ।
संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।
सिंहदरवारमा आज बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँको नाम अनुमोदन गरेको हो । संसदीय समितिले स्वीकृत गरेपछि मिश्रलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बाटो खुलेको छ ।
प्रधानन्यायाधीशको नियुक्ती भने राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषद्को गत भदौं ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो ।
बरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले अर्का न्यायाधीश मिश्रलाई अघि सारेको हो ।
मिश्रबिरुद्ध ४ वटा उजुरी परेका थिए । न्यायसम्पादनमा केन्द्रित ती उजुरीबारे समितिले हिजै उजुरीकर्तासँग छलफल गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline