तरुण दलका अध्यक्ष रोहित पुनको गाेली प्रहार गरी हत्या

तरुण दलका अध्यक्ष रोहित पुनको गाेली प्रहार गरी हत्या

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

रोल्पा, २४ भदाै ।

रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको गाेली प्रहार गरी हत्या भएको छ । केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका राेहितमाथि अाइतवार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै गोली प्रहार भएको हो ।

सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको भर्खरै संचालनमा ल्याइएको एक स्थानीय रेष्टुरेन्ट भित्रै उनी माथि गोली प्रहार भएको स्थानीयले जनाएका छन् ।

घटनापछि हतियारसहित रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ। चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित त्यहाँ पुगेका थिए।

रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गर्दा समेत राज्यले सुइँको नपाउनु दु:खद भएको प्रतिक्रिया दिएका छन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन गोली चलाएका थिए। एउटा गोली रोहितको मुटुमै लागेको थियो। ‘गोली लागेर रोहितको घटनास्थलमै मृत्यु भएको हो,’ प्रत्यक्षदर्शीले भने।

घटनापछि मृतक रोहितको शव सुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृति भट्टराईले अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले उनको मृत्यु भएको बताइन्। उक्त केन्द्रमै मृतकको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।

घटनामा कुन र कस्तो प्रकारको हतियार प्रयोग भएको थियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन। घटनापछि सुलीचौर बजारमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। राप्रपाका जिल्ला अध्यक्ष समेत स्थानीय अमरबहादुर थापाले दिउँसै प्रहरी चौकी नजिकै गोली चलाइएको घटना दु:खद भएको प्रतिक्रिया दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ