नेकपाका पीबीएमद्वय धमला र कार्कीको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस भोलि

नेकपाका पीबीएमद्वय धमला र कार्कीको बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस भोलि

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

२४ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य (पीबीएम) कृष्णप्रसाद धमला ‘गम्भीर’ र मोहनबहादुर कार्की ‘जीवन्त’को रिहाईको मागसहित दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि हुने भएको छ ।

नेताद्वयलाई बन्दी बनाइराखेको नुवकोट जिल्ला प्रहरी कार्यालयले मिसिल ल्याउन ढिलाई गरेपछि आज हुने भनिएको बहस भोलि सोमबार मात्र हुने भएको हो ।

बहस इजलास नं. ४ मा तोकिएको थियो । बहस नहुने भएपछि कार्की र धमलालाई भोलिबिहान १० बजे उपस्थित गराउने गरी आजै नुवाकोट फिर्ता पठाएको सर्वोच्चको मुद्दा फाँटले जनाएको छ ।

आगजनी गरेर संगठित अपराध गरेको अभियोगमा नेताद्वयलाई काभ्रे प्रहरी राखिराखेको बेला भदौ २० गते बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएका उनीहरुलाई काठमाडौं प्रहरीले गिफ्तार गरी नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

हाल दुवै जनालाई आगजनीको अभियोगमा अनुसन्धानका लागि भन्दै नुवाकोट सदरमुकाम विदुरस्थित प्रहरी हिरासतमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ