नेकपा प्रवक्ता प्रकाण्डलाई थुनामुक्तको माग गर्दै चौथोपटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

नेकपा प्रवक्ता प्रकाण्डलाई थुनामुक्तको माग गर्दै चौथोपटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

२४ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेको छ ।

प्रकाण्डलाई सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै उनका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतका उक्त रिट दर्ता गरेका हुन् ।

आगजनीको अभियोगमा नुवाकोट जिल्ला प्रहरीको हिरासतमा राखिएको बेला रिहा गर्न दिएको सर्वोच्चको आदेशपछि नुवाकोटको सदरमुकाम विदुरबाट रिहा भएलगत्तै गिरफ्तार गरी अर्को बम विष्फोटको अभियोगमा भोजपुर जिल्ला अदालतमा पेश गरिएको थियो । भदौ २० मा भोजपुर अदालतले पनि रिहाको आदेश दियो र आदेशपछि रिहा भएलगत्तै अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी शुक्रबार दाङ जिल्ला पुर्याइएको छ ।

दाङमा प्रकाण्डलाई बम विष्फोटको अभियोग लगाइएको छ । हाल उनलाई दाङ सदरमुकाम घोराहीमा जिप्रका हिरासतमा राखिएको छ । उक्त गिरफ्तार गैरकानूनी रहेको र गैरन्यायिक ढंगले हिरासतमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न विश्वकर्माले सो रिट दर्ता गरेका हुन् ।

साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तारीमा परेका प्रवक्ता प्रकाण्डलाई थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको ठहर गर्दै सर्वोच्च अदालतले भदौ १, ७ र १८ गते रिहा गर्न पटकपटक आदेश दिएको थियो । भोजपुर अदालतले भदौ २० गते रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै अदालत परिसरबाटै गिरफ्तार गरेको थियो । त्यसपछि करिब ४८ घण्टापछि शुक्रबार साँझ मात्र दाङ सदरमुकाम घोराहीमा पुर्याइएको थियो ।

तर उनलाई रिहालगत्तै अर्को अभियोग रहेको भन्दै सरकारले विभिन्न जिल्ला घुमाउँदै आइरहेको छ । पुनः गिरफ्तारीमा प्रहरी अधिकारीहरुले ‘माथि’ (गृह मन्त्रालय)को आदेश भन्दै आएको छ । दाङ प्रहरीले आजै म्याद थपको लागि प्रवक्ता प्रकाण्डलाई जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

नेकपाले पार्टीका प्रवक्ता प्रकाण्डमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा झुठा अभियोग लगाउँदै दुःख दिएको भन्दै बिनासर्त तत्काल स–सम्मान रिहा गर्न माग गर्दै आइरहेको छ । गिरफ्तारीको विरोधमा गत साउन २९ गते नेकपाले नेपाल बन्द कार्यक्रमसमेत सम्पन्न गरिसकेकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ