दुई दिनमा नेकपाका दुई सेक्रेटरीसहित पाँच गिरफ्तार

दुई दिनमा नेकपाका दुई सेक्रेटरीसहित पाँच गिरफ्तार

  • आइतवार, भदौ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

२४ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका सिरहा र डोटीका सेक्रेटरी सहित पाँच जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सिरहा जिल्ला सेक्रेटरी साहस, अखिल नेपाल महिला संघ क्रान्तिकारी, सिरहाका अध्यक्ष ज्ञानु सर्दा, उक्त महिला संघ जिल्ला सचिव कान्छी सर्दा र सदस्य चुम्बुन सर्दालाई गिरफ्तार गरिएको हो ।

चारै जनालाई सिरहाको धनगढी नगरपालिका वडा नम्बर १२ बाट प्रहरीले हिजो शनिबार बेलुका गिरफ्तार गरेको हो ।
गिरफ्तार नेताहरुको निसर्त रुपमा अविलम्ब रिहा नेकपा सिरहाले सरकारसँग जोडदार माग गरेको छ । फरक राजनीतिक आस्थाकै आधारमा बिनाकारण झुठा अभियोगमा गिरफ्तार गरेर सरकारले फासीवादी हर्कत देखाएको नेकपा सिरहाको भनाई छ ।
रिहाई नगरिए कडा संघर्षको घोषणा गर्न र प्रतिरोध संघर्ष बढाउन बाध्य हुने उसको चेतावनी छ ।

त्यस्तै शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य समेत रहेका डोटी जिल्ला सेक्रेटरी गणेश रैनाल ‘रोशन’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

रोशनलाई शुक्रबार साँझ परिवारको उपचारको क्रममा कैलालीको धनगढीमा आएको बेला डेराबाट गिरफ्तार गरिएको नेकपा डोटीले जनाएको छ ।

सेक्रेटरी रोशनलाई बिनाकारण सरकारले गिरफ्तार गरेर दुःख दिन खोजेको र राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध लिने काम गरेको भन्दै नेकपा सेती ब्युरोका कार्यालय सचिव भगत सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको भत्र्सना गरेका छन् ।

सिंहद्वारा शुक्रबार जारी नेता रोशनमाथि लगाइएको झुठा अभियोग खारेज गरेर बिनासर्त तुरुन्त रिहा गर्न गृहप्रशासनसँग माग गरिएको छ । तत्काल रिहाइ नगरे प्रतिरोधात्मक संघर्ष चलाउने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयं सरकार नै हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

पछिल्लो समयमा सरकारले नेकपामाथि हस्तक्षेप बढाउँदै तिनका नेता कार्यकर्तामाथि निर्मम दमन र विभिन्न अभियोगमा गिरफ्तारीको श्रृंखलालाई तीव्रता दिइरहेको छ । दर्जनाै‌ नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ