प्रकाण्डको माल्कोट घरमा प्रहरीद्वारा छापा

प्रकाण्डको माल्कोट घरमा प्रहरीद्वारा छापा

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 56.9K
    SHARES

२३ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घर कालिकोटको माल्कोटस्थित घरमा प्रहरीले छापा मारेको छ ।

आफूलाई जिल्ला प्रहरी कार्यालय मान्माले पठाएको बताउने डीएसपीको नेतृत्वमा आएको हतियारसहितको टोलीले शुक्रबार बेलुका छापा मारी तलासी लिएको हो ।

टोलीले तलासी लिने क्रममा धम्की समेत दिइएको र घरमा रहेका प्रकाण्डका बुबा वर्ष ७३ का पहले विश्वकर्मा र बहिनी जयपुरा विश्वकर्मालाई छोरा र नातिहरुबारे सोध्ने र डर देखाउने हर्कत गरेको जानकारी दिएका छन् ।

शुरुमा ‘के कसो छ सोध्न आएको’ भनिएपनि फर्किने बेला टोलीले नयाँ मान्छे आउँदा प्रहरीलाई खबर गर्न र नेकपाका मान्छेलाई खान, बास नदिन र दिएमा ठीक नहुने धम्की दिइएको थियो ।

प्रवक्ता प्रकाण्डलाइ गत साउन २२ गते काठमाडौंबाट गिरफ्तार गरी राज्यले कब्जामा राख्दै आएको छ । पाँचौंपटकको गिरफ्तारपछि अर्को अभियोगमाअहिले दाङको जिल्रला प्रहरी कार्यालय घोराही हिरासतमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी