पतित कम्युनिस्टको दमनः पानीको फोका जस्तै !

पतित कम्युनिस्टको दमनः पानीको फोका जस्तै !

  • शनिबार, भदौ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

हामी युद्ध चाहन्नौं तर युद्धको सामनागर्न तयार छौं । हामीशान्ति चाहान्छौं तर मूर्दा शान्तिहोइन । स्थायीशान्तिको लागिक्रान्ति चाहन्छौं । देश र जनताको विकास र समृद्धिचाहन्छांै । क्रान्ति एक यस्तो साधनहो जसले समाज विज्ञानमा उथलपुथल ल्याउँछ । मानव समाजमाहुने विभेद, उत्पीड्न, अन्याय, अत्याचार, उपनिवेश सबै अन्त्य गर्छ । मानव समाजलाई उच्च्तम मानवभएको अनुभूति गराउने बाटो भनेकै क्रान्तिहो, जो समाजवाद (साम्यवाद)हो ।
जनताको वास्तविकव्यवस्थाउच्च्तम मानविय सभ्यताको खोज हो । आजको पूँजीवादीव्यवस्थामाविश्वकानागरिक सन्तुष्ट छैनन । हत्या, हिंसा, लुटपाट, घमण्ड, वेचैन, गुलाम, परनिर्भरताआदिले मानव समाजमापुँजीवादलेविकृति फैलाएको छ । समाजवाद (साम्यवादविश्वकाश्रमिकवर्गकालागिअनिवार्य भएको छ । हामीले क्रान्तिको कुरा गर्दा आफूलाई कम्युनिस्ट भनिने (केपी–प्रचण्ड सरकार) ब्वाँसाहरु नेपालीजनतालाई लुट्नको लागि सजिलो विधिकथित कम्युनिस्टको जामालगाएका छन् । एक हदसम्मजनतालाई भ्रमितपार्ने, झुठा आश्वासनबाँड्न समाजवाद, समृद्धि र स्थिरताको नारा फलाक्ने कामचल्दैछ । तर जनयुद्धकाभगौडा प्रचण्ड र झापाआन्दोलनको भगौडा रिहागर्न केपीओलीबिचको मिलनले नेपालीजनतामा केहीभ्रम सृजना गरेपनिवास्तविकअनुहार छर्लङ्ग भएको छ ।

लेखकः दिनेश

नेपालीजनताले आलीलाई राम्रोसँग नियालिरहेकै छन् ।
उनीकुनैबेलामहाकालीनदीभारतलाई दिने सम्झौतागर्दा एक सक्रिय कम्युनिस्ट पात्रहुन् । भारतसँगउतिबेलै आत्मसमर्पण गरिसकेकाथिए। त्यो दोषअहिले पनिउनीलाई लाग्ने गर्छ । उनको पार्टी र उनीपतनभएको झण्डै ३० वर्ष भयो । मालेमावादीआदर्श सर्वहाराको वर्गको अधिनायकत्व सुन्न सक्ने त कुरै भएन संसदीय सुधारवाद, कहिले राजाको पाउ त कहिले कांग्रेस सहकार्यमाआफ्नो पतितचरित्र प्रस्तुतगर्दै कुर्सी, भोगविलास, दलाली–चाकरी, भ्रष्टाचार, कमिशन, विदेशीको घुँडा चुस्दै आजयहाँसम्मआयो रास्ट्रघात, जनघात सबै पचाउन सक्ने लाचार लम्पसारवादीबन्दै आजओलीर उनको एमाले कम्युनिस्टको खोल ओढेर जनतालाई अहिलेसम्म लुट्यो । देश परनिर्भर, गरिब, पराधीनमात्रबन्नपुग्यो ।
नेपालीकांग्रेसको त लुट्ने, ठग्ने, झुठो बोल्ने, भ्रस्टाचारगर्ने, कमिशनथुपार्नेचरित्र नै थियो । जसलाई उसले कर्म नै बनायो । कथित कम्युनिस्टको नामदिएर एमाले पनिकांग्रेससँंगप्रतिस्पर्धामा सामेल भयो । आज देश परनिर्भरता रजनताअभावतर्फ धकेलिएको छ । तर तिनका नेता र आसपासकाकार्यकर्तादेखि आफन्त सबै फाइदा उठाउन पुगे ।
प्रचण्ड नेपालीक्रान्तिलाई धोकादिएर प्रतिक्रान्तिकाउदाहरणीय पात्रभएका छ्न । क्रान्ति, जनसेना, जनसत्ता, विचार, राजनीतिदलालपूँँजीवाद र प्रतिक्रियावादीलाई बेचेर एमालेको टाङमुनि लुकेर संसदीयव्यवस्थाको मलजलगर्दै स्वादचाखिरहेका छ्न । प्रचण्डलेमहान दस वर्षे जनयुद्धका वीर, सहिद, बेपत्ता, घाईते अपांगतथा नेपालीक्रान्तिलाई धोकादिए । शहिदको रगतओभाउननपाउँदै एमालेमाविलनभएउनी । केपीकोउखान टुक्कामा प्रचण्ड एक थपिए । कम्युनिस्ट इतिहासकामजाकपात्रपतितपात्रबने ।
आजतिनैपतितपात्रले सम्हालेको कम्युनिस्टनामको सामाजिकदलालपुँजिवादीर फासिस्ट सरकार छ । दस वर्षे जनयुद्धमा सामेल भई प्रचण्ड, वावुराम, बादलहरुलाई स्थापितगर्ने, कर्णालीबाट क्रान्तिको राँको बालेर रणमैदानमाउत्रिएका, जनयुद्धमा आफ्नादुई भाई र एक बहिनी जनयुद्धमा गुमाएकाक्रान्तिकारी नेता प्रकाण्डलाई गिरफ्तार गरी राजनैतिकपूर्वाग्रहसाथदुःखदिइरहेको छ । उनी आवद्ध पार्टी नेकपाकाअन्यथुप्रै नेताकार्यकर्तालाई हिरासत, जेल र यातना, झुठा मुद्दा लगाउने हर्कत सरकारले देखाइरहेको छ । नेकपाले शिर्फ साँचो अर्थमाजनताको राज्यव्यवस्था (वैज्ञानिक समाजवाद) स्थापना, अलपत्रपारिएकोक्रान्ति पूरा गर्नभनीएकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेर राजनीतिकअभियानचलाइरहेको छ । जसको नेतृत्वविप्लवले गरिरहेका छन् ।
यतिखेरनेकपा उत्पीडनमा परेकानागरिकको आवाजवुलन्दगर्ने, भ्रष्टाचारी–कमिशनखोरको विरोध र कारवाहीगर्ने, चर्को कर, कालोबजारिया, महंगी,माफिया, राष्ट्रघातीलगायत समाजका सबैखाले विसंगति र वकृतविरुद्ध सशक्तसंघर्ष गरिरहेको एकमात्र पार्टी बनेको छ ।
उसले गरेको कर्मकै कारण पार्टी जनताको मनमनमा बस्दै गएको छ । समस्यापर्दा नेकपा सम्झिने अवस्थाबनेको छ ।अहिलेसम्मकै सर्वाधिक संघटमा परेको राष्ट्रियता, स्वाधीनता र नागरिकको जीवनबारे बोल्ने एउटै शक्ति नेकपा देखिएको छ । देशेका राजधानीभित्रअन्तर्राष्ट्रिय कानूनविपरीत विदेशी (भारतीय) सेनाहतियारसहितप्रवेश गर्दासमेत संसदीयदल र तिनको नेताबोल्न सकेका छैनन् । तर नेकपाले सीमान अतिक्रमण र सैन्य प्रवेशको विरोध नेपालबन्द जस्तो संघर्षको उत्कर्ष कार्यक्रमआयोजनागरिसकेको छ । तर सत्तामा बस्नेहरु विरुद्धमा चुईँक्क बोल्न सकेनन् । विरोधमाउत्रिएका नेकपाकै पहलकदमीले गर्दा दलाल संसदीयव्यवस्थाको भण्डाफोर रतिनका नेताहरुको निदहरामभएको छ । बद्लामा नेकपामाथिदमन र झुठा मुद्दा थोपारिदैछ । साम्राज्यवादीविदेशीशक्तिसामु आत्मसपर्मण गर्ने र सत्ता टिकाउने ध्याउन्नमालिप्तभएका छन् सत्तारुढ दलका नेताहरु ।

राष्ट्रियता र स्वाधीनताको मुद्दा
नेकपाले राष्ट्रियता र स्वाधीनताको मुद्दा उठाउँदा विशेषगरी उत्पीडित क्षेत्र, जाति, जनजाति, दलित, महिलामधेसी, श्रमिकवर्गमाउत्साह पैदा भएको छ । नजिकका राजनीतिकशक्तिको रुपमाबुझ्दै गएका छन् । यसरी राष्ट्रियता र जनताको अधिकारको विषय उठाउँदा नेकपाका नेता, कार्यकर्ताहरुले हत्कडी, यातना, जेल खेप्नु पर्ने ?देशलाई स्वाधीनतुल्याउने र नागरिकलाई अधिकार सम्पन्नबनाउने काममाजनतावा पार्टीविशेष मात्रनभई राज्यको सेना, प्रहरी र कर्मचारी सवै एकजुट भएर लाग्नुपर्छ ।
युवा, क्रान्तिकारीहरु उठ्नुपर्छ । जाग्नु पर्छ । क्रान्तिको नेतृत्वको रक्षागर्नुपर्छ । सामाजिकदलाल सरकारलाई धुलो चटाउनुपर्छ । त्यही देखेर हुनुपर्छ सरकार अहिले दमन र गिरफ्तार श्रृंखलामाझ् पनिहतास भएको छ । आफ्नै आयुबारे सेच्नथािलसकेको छ ।
दमनबाटै क्रान्तिकारी (नेकपा)लाई सिध्याउन सकिन्छ भनेर कल्पनागर्नु हिटलर र मुसोलिनलाई सम्झनु हो, जुन रवैया वर्तमान सरकारले गरिरहेको छ । पतितहरुको दमन, हस्तक्षेप, हत्कडी, जेलनेलको साहरा लिइरहेको छ । दमनआफुले गरेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, लुट्को शासन, दलालिकरण लुकाउनेतरिकामात्रहो । त्यसकारण दमन र हस्तक्षेपमा राजनीतिकजीवन छैन । यसले जनताको अधिकारबारे बोल्दैन । यो कुरा जनताले बुभ्mदैछन् । जनताको आकांक्षा, आश्यकतालाई कुल्चेर अवसरवादीमा परिणत भइसकेकाखलनायकहरुको रवैयाँसँगजनताविस्तारै अभ्यस्तहुँदै गएका छन् ।
त्यकारण भ्रष्ट र राष्ट्रघातीहरु सत्तामा बसेर, क्रान्तिबाट भागेर, सुधारवादी र आत्मसमर्पण बाटो रोजेकाकेपी–प्रचण्डहरुको दमनमा ‘जिते सन्सार हारे हत्कडी’अर्थात जनताकालागिजीवनदिनहिँडेकाक्रान्तिकारीकालागिफासिष्ट सरकारको दमनहाम्रालागिपानीको फोकाहुनेछ । अन्तिममाजीतजनताकैहुनेछ । एकीकृत जनक्रान्तिमार्फत समाजवाद ( साम्यवादमापुग्नेछौं । पूर्णमानवीय र सभ्य समाजत्यही छ उठौं लागौं र जागौं। सरकारी दमन केहीहोईन, यो त राज्यनाङ्गिने चरित्र प्रदर्शन मात्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी