काठमाडौं, भाद्र २३ ।
गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्क्बिहिन भएको छ । गोरखाबाट काठमाण्डौका लागि बिहान करिब ८ बजे उडे लगत्तै सो हेलिकप्टर त्रिभुवन विमानस्थलको टाबरबाट सम्पर्क्बिच्छेद भएको थियो ।
८ बजेर १८ मिनेटमा काठमाण्डौ अबतरणको पुर्ब्निर्धा्रित समय भएपनि हेलिकप्टर त्यसअघि नै सम्पर्क्बिहिन भएको बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।
धादिङ जिल्लाको खनियाबास गाउँपालिका र नेत्रावती डापजोङ गाउँपालिका र नुवाकोट जिल्लाको नेवाङ गाउँपालिकाको सीमा क्षेत्रको म्यागाङ्गको जंगलमा दुर्घटना भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
स्थानीयबासीले धादिङको मियाङ गाँउपालिका १ र ४ को सिमामा अवस्थित घना जंगल क्षेत्रमा बिष्फोटको आवाज सुनिएको बताएपछि सो हेलिकप्टर त्यहाँ दुर्घटनामा परेको आशंका गरिएपनि त्यसको औपचारिक पुष्टि भने भईनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बर बहादुर बिकले बताउनुभयो ।
एयरलायन्सलले घटना भएको आशंकामा त्यस तर्फ खाजीको लागी हेलिकोप्टर सहितको टोली परिचालन गरेपनि हालसम्म फेला पार्न नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताउनुभयो ।
अहिले सो क्षेत्रमा प्रहरीसहितको टोली परिचालन गरिएको छ । घटनास्थल नजिकैको चौकीबाट प्रहरी परिचालन गरिएपनि संभाबित स्थानमा पुग्न समय लाग्ने बिकले बताउनुभयो ।
मेघाम गाउपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसारजंगलमा पड्किएको आवाज गाँउलेले सुने पनिकुहिरो लागेका कारण केही देख्न सकिएको छैन ।
हेलिकप्टरमा ५ नेपाली र १ जापानी सवार थिए । हेलिकप्टर खोजी तथा उद्धारका लागि खटिएको नेपाली सेनाको हेलिकप्टर पनि खराब मौसमका कारण फर्किएको छ ।
हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको एयरलाइन्सले जानकारी दिएको छ ।
काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।फाईल तस्विर