काठमाडौं, २३ भदौ ।
साफ च्याम्पियनसिपअन्तर्गत आज हुने समूहचरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।
यी दुई टोलीबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा आज साझ पौने ७ बजे हुनेछ ।
सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।
३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ । त्यसैले आजको खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ ।
यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानलाई ४(० गोलले हराएको थियो ।
अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपले कमजोर मानिएको भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तानले उक्त खेल जित्ने सम्भावना रहेकाले नेपालले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशलाई हराउँदा मात्रै सेमिफाइनलको यात्रा सुनिश्चित हुन्छ ।
पहिलो दुवै खेलमा विजयी नतिजा निकालेको बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ। समान ३ अंक भएको नेपाल र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘ए’ मा अंकविहीन रहेको भुटान अन्तिम स्थानमा छ।
नेपालका प्रशिक्षक किरण श्रेष्ठले नेपाल र बंगलादेश समानस्तरको टोली भएकाले उनीहरूको पहिलो खेल हेरेर नेपाली टिमले रणनीति तय गर्ने प्रतिकृया दिएका छन् ।