एशिया कप छनोट प्रतियोगिता खेलेको क्रिकेट टोली स्वदेश फिर्ता

एशिया कप छनोट प्रतियोगिता खेलेको क्रिकेट टोली स्वदेश फिर्ता

  • शुक्रबार, भदौ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, २२ भदौ।

मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ