काठमाडौँ २१ भदौ ।
बंगलादेशमा भइहेको साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको समूह ए को खेलमा नेपालले भुटानलाई ४(० ले हरायो ।
नेपालको लागि अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्काले गोल गरे। पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो । पहिलो खेलमा पाकिस्तानसँग २(१ ले पराजित भएको नेपालले दोस्रो खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
भुटान विरुद्ध दोस्रो हाफमा मैदान छिरेका कप्तान विराज नेपालका लागि सर्वा्धिक खेल खेल्ने खेलाडी बनेका छन्। ८२औँ मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गर्दै विराजले नेपालको लागी ६९औँ क्याप जितेका हुन्।
भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २(० ले पराजित भएको थियो । नेपालले अब समूहको तेस्रो खेल शनिवार बंगलादेशसँग खेल्नेछ ।