निर्मला पन्त हत्या प्रकरणमा प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि:  मानव अधिकार आयोग

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि:  मानव अधिकार आयोग

  • बिहिबार, भदौ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

भीमदत्तनगर, २१ भदौं।

राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुवाती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ ।

कञ्चनपुर भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बालिका पन्त हत्या प्रकरणमा जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो, त्यो नभएको आयोगको ठहर रहेको बताउनुभयो ।

“जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, उहाँले भन्नुभयो, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।”

घटनापछि मानव अधिकार आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ ।

यहाँ आइपुग्नु भएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्ति लगायतसित भेटसमेत गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारदेखि नेपाल प्रहरीसितको सहकार्यमा महिलाहिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियानको प्रारम्भ गरिरहेको छ ।

बालिका पन्तको प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै सो घटना सम्बन्धी अनुसन्धान तथा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा शुरुवाती अवस्थामा नै प्रहरीले अनुसन्धानकार्य प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको जनाएको छ ।

त्यसैगरी मानव अधिकार आयोगको प्रदेश नं ७ को कार्यालयमा महिला हिंसासम्बन्धी गत आर्थिक वर्षमा २० वटा उजुरी परेको र हाल उक्त उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भ गर्न लागिएको राष्ट्रिय अभियानका क्रममा सबै प्रदेशसहित काठमाडौँमा समेत सरोकारवालाबीच विभिन्न कार्यक्रम आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

उक्त घटनाका सम्बन्धमा हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ