२० भदौ, काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको छ।
प्रहरी स्रोतका अनुसार उनीहरुसँग जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक भएपछि सोधपुछ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले पुष्टि गर्नुभयाे ।
उहाँका अनुसार दुई जनाको बयान लिइए पनि अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline