नेकपा नेता कार्की र धमलालाई २४ गते उपस्थित गराउन सर्वोच्चद्वारा सरकारलाई आदेश

नेकपा नेता कार्की र धमलालाई २४ गते उपस्थित गराउन सर्वोच्चद्वारा सरकारलाई आदेश

  • बुधबार, भदौ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

२० भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य (पीबीए)द्वय मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई भदौ २४ गते उपस्थित गराउन सर्वोच्च अदालतले बुधबार आदेश दिएको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाई हिजो मंगलबार सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि भएको बहसपछि सो आदेश दिएको हो ।

गिरफ्तार गर्नुको कारण लिखत जवाफसहित बन्दीद्वय कार्की र धमलालाई यही भदौ २४ गते आइतबार पेश गर्न विपक्षीहरुको नाममा आदेश दिएको रिट निवेदक चेतन शर्माले जानकारी दिएका छन् ।

रुपन्देहीबाट सार्वजानिक यातायात बस चढेर काठमाडौं आइरहेको बेला गत १० गते दिउँसो ३ बजे काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरी ४० दिन काभ्रे जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखिएका नेताद्वयलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै गत सोमबार रिहा गर्न आदेश दिएको थियो ।

तर आदेशलगत्तै सर्वोच्च परिसरबाटै काठमाडौं प्रहरी परिसर टेकुबाट आएका प्रहरी नायव उपरिक्षक (डीएसपी) आरपी धमलाको टोलीले गिरफ्तार गरी नुवाकोट प्रहरीलाई बुझाएको थियो । धमला र कार्कीलाई आगजनीको अभियोगमा अनुसन्धानका लागि भन्दै हाल नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ