तत्काल बृद्धि कर खारेज गर्न नेकपा जनपरिषद्को माग, जबरजस्त कर संकलन गरे प्रतिरोधमा उत्रने चेतावनी

तत्काल बृद्धि कर खारेज गर्न नेकपा जनपरिषद्को माग, जबरजस्त कर संकलन गरे प्रतिरोधमा उत्रने चेतावनी

  • बुधबार, भदौ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, २० भदौ ।

नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला जनपरिषद्  मोरङ र सुनसरीले सरकारले अनावस्यक रुपमा बढाएको कर तत्काल खारेज गर्न आग्रह गरेको छ ।

आज छुट्टाछुट्टै बिज्ञप्ती निकालेर जिल्ला जनपरिषद् मोरङ र सुनसरीले सरकारले जनतालाई सास्ती दिने तरिकाले बृद्धि गरेको कर तत्काल खारेज गर्न आग्रह गरेको हो ।

जनपरिषद् मोरङका प्रमुख मिसायन र सुनसरीका प्रमुख मनोज किरातीले आज विज्ञप्ति जारी गर्दै नेपाली जनताले दैनिक हत्या, हिंसा, बलात्कार, भ्रष्टचार जस्तो बढ्दो सामाजिक अपराधको सामना गर्नु परिरहेको अवस्थामा अर्कोतर्फ राज्यसत्ताले जनतामाथि चौतर्फी करको भार थोपरेर संकट सिर्जना गरेको बताउनु भएको छ ।

बृद्धि भएको करले न्युन आय भएको रोजगारी र व्यावसायी, किसान, मजदुर, साना व्यापारी समस्यामा पर्नुका साथै संघ, प्रदेश र स्थानीय तहबाट अवैज्ञानिक तरिकाले भारी मात्रामा कर बृद्धि गरेर तथाकथित जनप्रतिधिलाई गाडि, तलव तथा अन्य सेवा सुविधामा खर्च भईरहेका र भ्रष्ट्रचार अस्वभाविक बढेको बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै जनपरिषदले जनतालाई दुख दिनेगरी तीन तहमा बृद्धि गरिएको कर नतिर्न पनि स्थानीय जनतालाई नतिर्न आग्रह गरेको छ । साथै जनताबाट जबरजस्त कर संकलन गरेमा ससक्त प्रतिरोधमा उत्रने चेतावनी पनि जनपरिषद्को छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ