२० भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भोजपुर जिल्ला अदालतको आदेशमा बुधबार साँझ रिहा भएलगत्तै अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
दाङ जिल्लामा अर्को अभियोग रहेको जनाउँदै प्रहरीले परिसरबाटै गिरफ्तार गरेको हो । अहिले दाङ लैजाने तयारी भइरहेको छ । प्रकाण्डलाई यो पाँचौं पटक गिरफ्तार हो ।
पार्टी कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आइरहेको बेला गएको साउन २२ गते फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गिरफ्तारीमा परेको प्रकाण्डलाई सर्वोच्च अदालतको रिहाइृको आदेशैपिच्छे भदौ १, ७ र १८ मा पुन गिरफ्तार गरिएको थियो ।
तस्बीरः फाइल फोटो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline