सरकारले किन खोस्यो पूर्वमुख्यसचिवको पदक ?

सरकारले किन खोस्यो पूर्वमुख्यसचिवको पदक ?

  • बुधबार, भदौ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं।

सरकारले पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनिएको पदक अन्तिम समयमा आएर खोसेको छ । उनले केही दिनअघि अन्नपूर्ण पोस्टमा एसियाली विकास बैङ्क (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकबाट आफूलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिव्यक्त गरेका थिए । सरकारले सोही विचारका आधारमा पूर्वाग्रही भएर आफूले पाएको पदक खोसेको डा. सुवेदीले बताए ।

‘राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो’, उनले भने । डा. सुवेदी एक वर्षअघि मुख्यसचिव पद छाडेर एडीबीमा गएका थिए ।

दुई वर्षका लागि त्यहाँ गएका उनलाई सरकारले गत ३१ जेठमा फिर्ता गरेको थियो । गत वर्ष गणतन्त्र दिवसका अवसरमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. सुवेदीसहित ३ सय ४५ जनालाई मानपदवी, अलंकार पदकद्वारा विभूषित गर्ने निर्णय गरेको थियो । एक वर्षअघि घोषित पदक सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत वितरण गरिएको छ । सोमबार पदक वितरण गर्दा सुवेदीलाई खबर नगरिएपछि मात्रै उनले पदक खोसिएको थाहा पाएका थिए । सुवेदीसहित सात जनाले प्रसिद्ध प्रबल जनसेवा श्री पदक पाएका थिए ।

राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो । अब सुरक्षा माग्नुपर्ने अवस्था आयो ।, डा. सोमलाल सुवेदी, -पूर्व मुख्यसचिव

सुवेदीको अभिव्यक्तिपछि मन्त्रिपरिषद्ले नै उनको पदक खोस्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सरकारको निर्णयअनुसार पदक पाउनेलाई वितरण गरिएको जानकारी दिए । प्रसिद्ध प्रबल जनसेवा श्री पाएकाको सूचीमा सुवेदीको नाम नभएकाले उनलाई नबोलाइएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको भनाइ छ । गृह स्रोतका अनुसार पछिल्लो मन्त्रिपरिषद् बैठकले उनको पदक खोस्ने निर्णय गरे पनि यसलाई गोप्य राखिँदै आएको थियो ।

तर गृह मन्त्रालयको वेबसाइटमा राखिएको पदक पाउने सूचीमा सुवेदीको नाम पाँचौं नम्बरमा छ । उच्च तहको विभूषण लिनेमा सरकारका अधिकांश सचिव, सहसचिव, उपसचिव तथा नेपाल प्रहरीका एआईजी, डीआईजी तथा नेपाली सेनाका जर्नेल कर्नेलको संख्या अधिक छ । सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल रत्न १, राष्ट्रगौरव, १, महाउज्ज्वल राष्ट्रदीप ५, उज्ज्व कीर्तिमय राष्ट्रदीप १ जनालाई वितरण गरिएको छ । यस्तै प्रसिद्ध प्रबल जनसेवा श्री ६ , सुकीर्तिमय राष्ट्रदीप २१, सुप्रबल जनसेवा श्री १ सय १९, कीर्तिमय राष्ट्रदीप ५, प्रबल जनसेवा श्री १ सय ४० र जनसेवा श्री ४५ जनालाई वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ