नेपालको एसिया कप खेल्ने सपना अधुरै, हङकङसँग ३ विकेटले पराजित

नेपालको एसिया कप खेल्ने सपना अधुरै, हङकङसँग ३ विकेटले पराजित

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, भदौ १९ । नेपालको एसिया कप खेल्ने सपना अधुरै रहेको छ । आज एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएसँगै एसिया कप खेल्ने नेपालको सपना चकनाचूर भएको हो ।

नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

हङकङका लागि अंशुमन रथले सर्वा्धिक ५२ रन बनाँउदै टोलीको जित पक्का गरे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २७ रनमात्र खर्चिए ।

हालैमात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो ।

तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती दुई खेलमा ओमन र युएईसँग हारेको थियो ।

मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमनले युएईलाई त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना जीवित थियो ।

तर, क्वालालम्पुरको युकेएम ओभलमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वा्धिक १८ रन जोड्दा बसन्त रेग्मीले अविजित १५ रन तथा अनिलकुमार शाहले १५ रन जोडे ।

ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा हङकङका इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए भने मोहम्मद अजिज खान र तनवीर फैजलले समान २र२ विकेट झारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ