निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी विक पक्राउ

निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी विक पक्राउ

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

ओखलढुंगा, भदौ १९ । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर विक छन् । उनले बिहान ४ बजे भुत आयो भन्दै निदाईरहेकी श्रीमती गिता मायालाई खुकुरीले अन्धाधुन्ध प्रहार गरेका थिए ।

खुकुरीले टाउको र ढाडमा चोट लागेकी गितालाई फिस्टेल एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट पैदल ५ घण्टाको दुरीमा रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने व्यक्तिलाई प्रहरी चौकी रावादोलुले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ