प्रकाण्डलाई संचारकर्मीसँग छलेर विराटनगर विमानस्थलको रन वेबाटै प्रहरी भ्यानमा राखेर लगियो

प्रकाण्डलाई संचारकर्मीसँग छलेर विराटनगर विमानस्थलको रन वेबाटै प्रहरी भ्यानमा राखेर लगियो

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 54.4K
    SHARES

१९ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज बिहान मोरङको विराटनगर पुर्याइएको छ । बिहान ११ बजे विराटनगर विमानस्थलमा आइपुगेका प्रकाण्डलाई संचारकर्मीसँग भेट गर्न दिइएन ।

डीएसपी निशान थापाको नेतृत्वमा रिसिभ गर्न पुगेको प्रहरीे टोलीले प्रकाण्डलाई यात्रु कक्षको बाटो छलेर रन वेबाटै नजिकैको सैनिक (ब्यारेक)को गेटबाट बाहिर लगेको थियो । पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डको प्रतिक्रिया लिन दर्जन बढी संचारकर्मीहरु विमानस्थल परिसरमा उपस्थित थिए । तर रन वेबाटै गाडीमा राखेर अर्को बाटोबाटै नेता प्रकण्डलाई बाहिर निकालेका कारण संचारकर्मीले साक्षात्कार गर्न नपाएका हुन् ।

स्रोतका अनुसार अनुसार आजै भोजपुरका पठाइने बताइन्छ । मंगलबार बिहान पनि काठमाडौंमा पत्रकारसँग भेट दिएका थिएनन् । काठमाडौं प्रहरीले आन्तरिक उडानबाट सिधै भोजपुर लैजाने भनेर जानकारी दिएपनि विराटनगर लगिएको थियो ।

सोमबार सर्वोच्च अदालतको आदेशमा नुवाकोट सदरमुकाम विदुरबाट जिल्ला सरकारी वकिलको रोहवरमा साँझ रिहा भएका उनलाई पुनः गिरफ्तार गरी सोमबारै राति काठमाडौं ल्याई महानगरीय प्रहरी परिसर गौशाला वृत्तमा राखिएको थियो ।

उनलाई मंगलबार बिहान बुद्ध एयरको ७०५ को  उडानबाट विराटनगर पुर्याइएको हो । केही ढिलाई गरी उडान भरेकोले उडान १०ः१० मात्र विराटनगरको लागि उडेको थियो । ११ बजे मात्र विराटनगर आइपुगिएको थियो ।

नेता प्रकाण्डलगायत केही केन्द्रीय नेताहरुलाई गत वर्षको प्रदेश सभानिर्वाचनका क्रममा उम्मेदवार लक्षित गरी बम विस्फोट गराएको अभियोग लगाइएको छ । त्यही अभियोगमा अनुसन्धानका लागि प्रकाण्डलाई नुवाकोटको विदुरबाट गिरफ्तार गरी यहाँ ल्याईपुर्याईको हो । आजै भोजपुर लगिने जनाइएको छ ।

तस्बीरः अर्जुन आचार्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ