साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

  • मङ्लबार, भदौ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ, १९ भदौ । 

साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । 

नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् ।

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो ।

सन् १९९७ सेप्टेम्बर ४ मा काठमाडौँमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–० गोलको पराजित भएको थियो । सन् २००८ जुन ७ मा श्रीलङ्का र माल्दिभ्सले संयुक्तरुपमा आयोजना गरेका सातौँ संस्करमामा नेपाल ४–१ गोलले विजयी भयो । सन् २०११ डिसेम्बर ६ मा भारतमा भएको आठौँ संस्करणमा नेपाल र पाकिस्तान १–१ गोलको बराबरीमा रोकिएको थियो भने सन् २०१३ सेप्टेम्बर ३ मा नेपालमा भएको नवौँ संस्कारणमा १–१ गोलले बराबरी भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २८ खेलमध्ये आठमा जित, १६ मा हार, चारमा बराबरीको नजिता निकालेको थियो । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज जित्न सके आगामी चरणको यात्राका लागि सहज हुनेछ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अहिलेसम्मका नतिजाले पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज देखिँदैन । हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलमा नेपालाई पराजित गरेको पकिस्तान सोही नतिजा दोहो¥याउने मनसायमा छ भने नेपाल त्यसको बदला लिने सोचका साथ आज मैदान उत्रने भएको छ ।

आज शुरु भई यही भदौ ३० गतेसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ