अनुप्रास

अनुप्रास

  • सोमवार, भदौ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

–डा. उत्तम खनाल

 

लस्कर आफ्नै ताँती साथले अघाए छु
डुबेको आधा जीवन बातले सजाए छु ।
धोएर जाने भए दिलै खोलेर धुन्थे
रोएर आउने भए दिन रात सम्झेर रुन्थे ।।

तारिफको धोको रहें चितामा जल्न जानु
राम राम बिचरा भन्छन् अगुल्टो घोचाई खानु ।
हरेक पाईला पाईला चिहानले कुरेकै छ
अगाडी बढ्छ भनी खुड्कीला पुरेकै छ ।।

पालुवा नयाँ आउन सुकेको पात झ¥यो
कोत्रियो खिल बल्झी दिलमा खिया प¥यो ।
पुछेर आँसुहरु नयनले धोका दियो
परेली झिम झिम गर्दा बर्षतको फोका दियो ।।

चरनको माली गाई लडेर भिर प¥यो
एकमन मरेत के भो धेरैको तिर झ¥यो ।
सकेत दिनु खानु खुसीका पल पल साँटी
लुट्ने छ हात खोसी झिकेर मुटु काटी ।।

पुराना दिनहरु गनी बसेत के भो ?
नमरी जन्म हुन्न भनी बसेत के भो ।
दिने छ हातहरु लिनेको लर्को ताँती
ति मनका वैरीहरु निस्कन्छ भाँती भाँती ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी