भारतले कोशी नदीको धार परिवर्तन गरेपछि सप्तरीका मानवबस्तीमा बाढी पस्यो, ६ सय परिवार डुवानमा

भारतले कोशी नदीको धार परिवर्तन गरेपछि सप्तरीका मानवबस्तीमा बाढी पस्यो, ६ सय परिवार डुवानमा

  • सोमवार, भदौ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

राजविराज, १८ भदौ ।
सप्तकोशी नदीको आएको बाढी मानवबस्तिमा पस्दा हनुमाननगर कङ्कालनी नगरपालिकाका ६ सय परिवार बिस्थापित भएका छन् ।

पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढी सप्तरीका मानवबस्तीमा पसेको थियो ।

बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकामा पाँच दिनदेखि डुबानमा परेको छ ।

बस्ती नजिकैको विद्यालय समेत डुवानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्न बाध्य छन् ।

कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब २ सय परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् ।

बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी सहनाज खातुन आफ्नै घरमा थुनिएकी छन् । बाढीले चारैतीरबाट घर घेरेपछि त्रासपूर्ण दैनीकि बिताउन बाध्य छिन् ।

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ ।

बाढी प्रभावित वडामा खुल्लै दिसापिसाव गर्ने गरिएको कारण खानेपाटीमा बाढीले उक्त फोहर मिसाईदिएपछि हैजा फैलनसक्ने त्रास पनि बढेको छ । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीय बासिन्दाको भनाइ छ ।

यसैबीच सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा आईतवार साझ बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ