ब्लाइण्ड लभ — एक मनछुने कथा

ब्लाइण्ड लभ — एक मनछुने कथा

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

एकासमयमा एउटी केटी थिइ जसले आफैलाई साह्रै घृणा गर्थी किनकी उ अन्धी थिइ । यदि त्यो उमेरमा उसको केही थियो त सिर्फ अन्धकार । त्यसैले त उसलाई सबैप्रती वितृष्णा थियो सिवाय उसलाई माया गर्ने प्रेमीलाई छोडेर । उसको प्रेमी उसलाई हर समय ख्याल राख्थ्यो, सधै साथ अनि हौसला दिइरहन्थ्यो । साच्ची त्यो केटो उसलाई औधी मन पराउदथ्यो । एकदिन त्यो केटोले उसलाई विहे गर्ने प्रस्ताव राख्दछ । तर केटीले स्विकार गर्दिने, उसले भन्छे ‘जबसम्म म आँखा देख्ने हुन्न तबसम्म विहे गर्दन ।’

एकदिन उक्त केटीलाई कसैले आँखा दान गर्दछ । ऊ देख्न सक्ने हुन्छे । उसले अब सबैथोक देख्छे, उसको प्रेमीलाई पनि । केटोले भन्छ, ‘अब तिमीले देख्न सक्ने भयौ, अब हामी विहे गरौ ल !’ केटी झसंग हुन्छे किनभने उसको प्रेमी, त्यो केटो पनि अन्धो नै रहेछ । यो थाहा पाएपछि केटीले विहे गर्ने प्रस्ताव अस्विकार गर्छे । यसले केटोको साहेरै चित्त दुख्छ । उसले एउटा चिट छोडेर उबाट टाढा हुन्छ जहाँ लेखिएको हुन्छ :  ‘मेरा ती दुई आँखाको राम्रो ख्याल राख्नु ल !’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी